Duration 8:53

प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौला प्रत्यारोपण (LIVE UPDATE) - NEWS24 TV

27 349 watched
0
652
Published 4 Mar 2020

प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौला प्रत्यारोपण सुरु भएको छ । गएको सोमबार अस्पताल भर्ना हुनुभएका उहाँको मृगौला प्रत्यारोपणका लागि सबै तयारी पूरा गरी अप्रेसन सुरु गरिएको त्रिवि शिक्षण अस्पतालका निर्देशक डाक्टर प्रेमकृष्ण श्रेष्ठले जानकारी दिनुभयो । मिर्गौला प्रत्यारोपणका लागि डाक्टर प्रेमराज ज्ञवालीको नेतृत्वमा १५ देखि २० जनासम्म रहने गरी डाक्टरको टोली खटिएका छन् । प्रधानमन्त्री ओलीको १३ वर्ष अघि भारतको एपोलो अस्पतालमा मिर्गौला प्रत्यारोपण गरेका डाक्टरलाई पनि बोलाइएको छ । तर उनीहरुले सहयोग मात्रै गर्ने र प्रत्यारोपणको काम नेपाली डाक्टरले नै गर्ने पनि विज्ञप्तिमा उल्लेख छ । उहाँलाई भान्जी नाता पार्ने समीक्षा संग्रौलाले मिर्गौला दिन लाग्नुभएको हो । मिर्गौला प्रत्यारोपण गर्न झण्डै चार घण्टा लाग्ने अनुमान गरिएको छ । यसैबीच पहिलो प्रत्यारोपण भारतमा गराएका प्रधानमन्त्री ओलीले दोस्रो प्रत्यारोपण नेपालमै गर्न लागेकोमा डाक्टर तथा नागरिकले खुशी व्यक्त गरेका छन् । नेपाल चिकित्सक संघ र नेपाल ट्रान्सप्लान्ट सोसाइटीले विज्ञप्ति निकालेर प्रधानमन्त्री ओलीले नेपालमै प्रत्यारोपण गर्ने निर्णय गरेर नेपाली डाक्टरको हौसला बढाएकोमा आभार व्यक्ति गरेका छन् । उनीहरुले नेपालका उच्च ओहोदामा रहेका व्यक्तिलाई स्वदेशमै उपचार गर्न आग्रह समेत गरेका छन् । प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपणको सफलताको कामना गर्दै उच्च पदस्थ व्यक्तिसँगै नेता तथा कार्यकर्ताले शुभकामना दिएका छन् । पूर्व राजा ज्ञानेन्द्र शाहले पनि ट्वीट गर्दै सफल प्रत्यारोपणसँगै सिघ्र स्वास्थ्य लाभको कामना गर्नुभएको छ । नेपालमा यस अघि दोश्रो पटक मिर्गौला प्रत्यारोपण गराएका १० जना सबैको सल्यक्रिया सफल भएको र समग्रमा ९८ प्रतिशत प्रत्यारोपण सफल भएको छ । SUBSCRIBE :/user/news24tvchannel WEBSITE : WWW.NEWS24NEPAL.TV #News24Nepal #SidhaKuraJanataSanga #PowerNews

Category

Show more

Comments - 44