\\\\\गर्मी समयमा कुखुरापालन व्यवसाय ///
शरिरमा उत्पदन हुने ताप र आफ्नो शरिर बाट बातावरणमा बाहिरिने ताप बीच सन्तुलन नमिलेमा कुखुराहरुमा गर्मि तनाब (Heat stress) हुने गर्छ । कुखुरा को शारीरिक तापक्रम सामान्य तय १०५-१०७ ° F (40.6- 41.7°C) हुन्छ त्यसैले मान्छे लाइ गर्मि हुदा कुखुरा लाइ गर्मि कम हुने र मान्छे लाइ जाडो हुदा कुखुरा लाइ झन् धेरै जाडो हुने गर्दछ ।
कुखुरामा पसिना ग्रन्थि हुदैन। वातावरणीयगर्मि बढे संगै, आफ्नो शरिरिक ताप मिलाउन कुखुरा धकाउन (Panting) सुरु गर्छ। धकाउदा स्वास नाली मा रहेको ओसिलोपन पनि हराउदै जान्छ, कुखुराको शरिरमा पानि को मात्र कम हुने गर्छ। कुखुरा धकाउदा कार्वनडाइअक्साइड, (co2) को मात्रा बढी निस्किने गर्छ जसले गर्दा कुखुरा मा Respiratory alkalosis को समस्या देखा पर्छ। शरिर सन्तुलित राख्न मिर्गौला ले बिभिन्न electrolytes हरु गुमाउनु पर्ने हुन्छ। तेसैले कुखुरा लाई गर्मि याममा बिसेस किसिम को हेरचाहा चाहिन्छ।
वातावरणीय तापक्रममा कुखुराको अवस्थाः
Neutral Zone:- कुखुराले आफ्नो शारीरीका तापक्रम सन्तुुलन गर्न पाचनको गति (Metabolic Rate) तथा व्यवहार परिवर्तन गर्नु पर्दैन ।
65-750F / (18.3 – 23.8) 0C:- ठिक्कको तापक्रम जहाँ कुखुरालाई कठिनाई हुँदैन ।
75-850 F/ (23.8-29.4) 0 C :- सामान्य दानापानीमा गिरावट आउने गर्दछ । तर Feed Efficiency परिवर्तन हुदैन । यदि पोषण तत्वको कमी नभए खासै उत्पादनमा परिवर्तन हुँदैन ।
85-900 F/ (29.4- 32.2) 0C:- दानापानी घटाउँदै जान्छ, शारिरीक तौल घट्छ । चिसो पार्ने व्यवस्था मिलाउनु शुरु गर्नु पर्ने हुन्छ ।
90-950 F/ (32.2-35) 0C:- दानापानी घटाउँदै जान्छ, यो तापक्रममा लेयर्स कुखुराहरुमा मृत्यु समेत गराउन सक्छ । त्यसैले चिसो पार्ने व्यवस्था शुरु गर्नुपर्छ ।
95-1000 F / (35-37.77) 0C:- गर्मीको कारणबाट मृत्युको सम्भावना बढेर जान्छ । त्यसैले चिसोको व्यवस्था गर्ने
उपायहरु अभिलम्भ रुपमा अपनाउनु पर्छ ।
1000 F (37.77) 0C वा माथि :- कुखुरा बाच्नु ठुलो कुरा हो, उत्पादनको कुरानै रहँदैन ।
खोरमा तापक्रम कति छ भनि बुझ्न थर्मोमिटर राख्ने, निरन्तर तापक्रमको जाँच गर्दै आवश्यकता अनुरुप Veterinarian को सल्लाह लिने गर्नु पर्छ ।
कुखुरा लाइ सितलता प्रदान गर्ने उपाए हरु
सुर्य को सिधा किरण छेक्नको लागी छानोमा 3 Inch सम्मको पराल वा छवाली राख्न सकिन्छ । जस्ले गर्दा सूर्यको शिधा किरण जस्ता वा टाएलमा पस्न नपाई खोर चिस्साउनमा केहि महत्वपूर्ण भुमिका रहन्छ ।
छानो छाउने बेलामा सेतो रङ्गले पोत्न सकिन्छ । जसले गर्दा सूर्यको किरण आकाश तर्फ नै फकिन्छ र खोर भित्र तापक्रम बढ्न पाउँदैन ।
जस्ताको तल्लोपट्टि प्लाई राख्नाले जस्ताको ताप सिधै कुखुरा सम्म कम पुग्छ जस्ले गर्दा तातोको तनाव (Heat Stress) कम हुन्छ ।
पानीको फाहोराले छाना भिजाउन सकिन्छ, जसले गर्दा खोर भित्र शितलता कायम हुन्छ । तर यदि खोर भित्रको आद्रता बढि छ भने कुखुरालाई झन धेरै गर्मी हुन्छ ।
खोरको सोच गर्दा खेरीनै वृक्षरोपण गर्दा राम्रो हुन्छ । तर रुखहरु अग्लो हुने तर झाडी नहुने किसीमको रोज्नु पर्छ । यदि झाडि भयो भने हावा रोकिन्छ अनि मुसा समस्या पनि बढ्न सक्छ ।
गर्मीको कारणले उत्पन्न हुने तनाव कम गर्नलाई Vitamin C + Electrolytes पानिमा दिने गर्दा राम्रो हुन्छ ।
700 gm को ओजन भन्दा माथिको कुखुरालाई दिउसोको समयमा (सामान्यतया) ९ः३० देखि ६ः०० बजे सम्म दाना नदिने । पानि भने थोरै थोरै थपिरहने, एकैथचोटि भरी पानी हालेमा गर्मीले पानी तात्ने साथै धेरै गर्मी हुँदा धुलो खेल्ने भएकाले पानी फोहोर हुने सम्भावना बढि हुन्छ ।
गर्मी सिजनमा कुखुराको घनत्व खोरमा घटाउने सामान्य तया १००० कुखुरा पाल्ने खोर छ भने ८०० मात्र राख्ने (लगभग २० %) ।
कुखुरालाई दिइने पानी सकेसम्म चिसो राख्ने । यदि पानि Tank छ भने बिशेष ख्याल राख्नुपर्छ ।
पानी Tank को बाहिरी भाग सेतो रङ्ग लगाउने ।
यदि सिधा घाम पर्ने ठाउँ छ भने जुटको बोरा भिजाएर Tank बाहिर बाट बेरीदिने ।
सकिन्छ भने पानि Tank को माथि छानो राख्ने, घाम को सिदा किरण TANK मा नपरोस्