Duration 25:31

फोन पे बाट पैसा तिर्दा ग्राहक कती सुरक्षित छन

334 watched
0
12
Published 6 Dec 2021

के तपाईं सामान किन्दा मोबाइल बाट पैसा तिर्दै हुनुहुन्छ भने साबधानी अपनाउनुस् र निरन्तर आफ्नो खाताको पैसा पनि हिसाब राख्दै गर्नुस् । अन्यथा तपाईंको पसिनाको कमाइ कही कतै उडेर गयो भन्ने सुन्न नपरोस । आजकल हामी सबै भन्दा बडी विश्वाश गर्ने सस्था भनेको हामीले पैसा राख्ने बैन्क हो । जहाँ पैसा राखिन्छ त्यस बैन्कले पैसा भुक्तानीका लागि आज भोली बिभिन्न माध्यमबाट (GETWAY) मार्फत पैसा तिर्न त सकिन्छ तर कहिले काही बैन्कले पनि विश्वाश गरेर अनुमती दिएका तेस्ता माध्यमको ट्रुटिले हाम्रो पैसा दुई पटक भुक्तानी भएको हुन सक्छ सो अवस्थामा बैन्कको सिस्टमले हाम्रो पैसा तुरुन्त फर्काउन पर्ने हुन्छ । यदी तेसो नभएमा हामीले बैन्कलाई जानकारी गराएर सो रकम फिर्ता माग्नु पर्ने देखिन्छ । आज यो मेरो आफ्नो समस्या तपाईं हरुमाझ किन शेर गर्दै छु भने म जस्तै पीडित तपाईं भएको हुन सक्छ वा तपाईंले आफ्नो पैसा तिरेको sms सेवा नलिएको भए सो को जानकारी तपाईंलाई न आउन सक्छ । अर्थात तपाईंको पैसा कहाँ कस्ले राख्यो वा हरायो वा क्लाउडमा छ भन्ने जानकारी समयमा नहुँदा हाम्रो पैसा गुम्न सक्छ भन्ने यो मेरो पछीलो पटकको अनुभव बैन्क सँग गरेको सम्बाद जस्ताको तेस्तै सेर गर्दै छु । जस्ले म जस्तै अन्य जो कोहीको पसिनाको कमाइ उडेर नजावोस भन्ने मेरो यो भिडियोको सन्देश र जानकारी पनि हो । मैले ४ पटक मेरो समस्या बैन्कलाई फोन फार्फत गराए तर बैन्क बाट एक पटक पनि फोन आएन । मैले सामान किनेको पसललाई पनि आँफै पटक पटक पुगेर जानकारी गराए तर उहाको एउटै जवाफ थियो मेरोमा एक पटक मात्र आएको छ । अब भन्नुस् मैले मेरो पैसा को सँग माग्ने ? अबस्य म आफ्नो बैन्कमा दाबी गर्न जान्छु र म आँफै बैन्क मा पुगे जुन मेरो समयको बर्बादी पनि हो र झन्जटिलो पनि हो । सबै म जस्ता नहोलान । कसैले आफ्नो खाता निरन्तर चेकजाच नगरेका पनि होलान । मैले गएको ३ नोवेम्बरमा एउटा सामान किने र रु ५४०० भुक्क्तानी गरे तर सो पसलले भुक्तानी न आएको जानकारी गराए पछी मैले पुन भुक्तानी गरे तेस्को एक घण्टा पछी मलाई थाहा भयो कि मेरो खाताबाट दुई पटक ५४०० को भुक्तानी गरेको जानकारी मेरो मोबाइलमा आयो तर पाउनु पर्नेले एक पटक मात्र आएको छ भने पछी मैले सो को जानकारी मेरो बैन्कलाई गराए जस्को अडियो रेकर्ड म प्रस्तुत गर्नेछु । यहाँ मेरो गुनासो के छ भन्ने अरबौ रुपैया आम्दानी देखाउने बैन्कले हामी जस्तो ग्राहकलाई किन अलमलमा पार्छन किन जिम्मेवारी बाट पंक्षिन्छन ? सिस्टमलाई दोश दिएर हाम्रो कमाइ र समय बर्बाद पार्ने त्यो सिस्टम वा बैन्क कसैलाई छैन । तपाईं कही कतै घुम्न जादा त्यसरी तिरेको पैसा तपाईं घर फर्किदा था भयो तर तपाईं पूर्व पश्चिम टाढा पुगी सक्नु भयो भने के फेरी सो पसलमा गएर पैसा फिर्ता माग्न सम्भब छ ? यस्को उत्तर सिस्टम चलाऊने बैन्कले दिन जरुरी छ वा सो को ग्यारेन्टी कस्ले लिने भन्ने प्रश्न पनि हो । मलाई आशा छ यो भिडियो सम्बन्धित बैन्कको टिमले हेरेर आगामी दिनमा यस्ता समस्या बाट जनाताको पैसा हराउन बाट रोक्नु पर्छ र हामीले तिरेको पैसा दुई पटक वा तीन पटक काटिएको जानकारी बैन्क लाई गराए पछी उहाहरुले सो को सत्यतत्य बुझी ग्राहकलाई राम्रो सँग जानकारी दिनु आबस्यक छ भन्ने मेरो यो भिडियोको सन्देश पनि हो । #fonePay #फोन_पे #Online_Payment_Nepal Visit Facebook page https://www.facebook.com/SubinPailk/ follow Insta: https://www.instagram.com/subinpailk/ © Subin Pailk (www.eastchannel.com.np) Using of this video on other YouTube channels or other social media without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed). Thanks for watching my videos Subin Pailk East Channel

Category

Show more

Comments - 0