Duration 10:23

मगर युवतीहरुले गरे जन्ति‌संग बबाल नृत्य, आठ बर्षे बालककाे पञ्चेबाजामा धमाका Nepali Panchebaja Dance

771 watched
0
27
Published 30 May 2020

पञ्चेबाजा सम्बन्धी सामान्य जानकारीः नेपाली मौलिक संस्कृतिमा पञ्चेबाजा भन्नाले दमाहा, सहनाई, ट्याम्को, ढोलकी, झ्याली, पाँच प्रकारका बाजाहरु बुझिन्छ । यसमा कम्तिमा १ जोर दमाहा, १ जोर सहनाई र एक, एक वटा ट्याम्को, ढोलकी, झ्याली र ईच्छा अनुसार सहनाई समुहका जोर–जोर करनाल, नरसिंहा, थङ्कुरी समेत यस पन्चेबाजाको समूहमा पर्दछन् । पञ्चेबाजा बजाउने समुहमा ९ देखि बढिमा १३ जनासम्म ब्यक्तिहरुको समुह हुन्छ । यस्तो बाजा बजाउने समुहलाई पञ्चेबाजा समुह भन्ने गरिन्छ । समुहकाे प्रमुख ब्यक्तिलाई नाईके वा मेठ समेत भन्ने गरिन्छ । परम्परागतरुपमा दमाई जातका पुरुषहरुले यो बाजा बजाउने गरिएको भएता पनि नेपालमा हाल आएर पेशागत बिविधता बढ्नेक्रमसंगै अन्य जातका पुरुषहरु तथा महिलाहरुले समेत पञ्चेवाजा समुह बनाएर ब्यवसायिकरुपमै यो बाजा बजाउनेक्रम बढ्दै गएको छ । कुनैपनि कार्यक्रममा समुहमा एकदिन पन्बाचेबाजा बजाए बापत प्रति ब्यक्ति कम्तिमा ३ हजार देखि ५ हजार सम्म पारिश्रमिक समेत पाईने हुदाँ अन्य जातजाति र लिंगमा समेत यो पेशाको ब्यवसायिक बिस्तार हुदै‌ गएको मान्न सकिन्छ । पञ्चेबाजा बिशेषगरी बिबाह, ब्रतबन्ध, बिभिन्न पुजाआजा, बिजयोत्सव तथा बिभिन्न समारोहहरुमा मंगलधुन तथा मनोरन्जनका लागि समेत बजाईने गरिन्छ । पञ्चेबाजा बजाउदा उत्पन हुनै ध्वनी तरंगले जो कोही मान्छेलाई पनि आनन्दित बनाउछ । पाहाडका गाँउघरतिर पन्चेबाजा बजाएको आवाज टाढा–टाढासम्म सुन्न सकिन्छ । बिगत केही बर्षयता नेपालका शहर बजारमा हुने बिबाह आदिमा भारतीय तथा नेपालकाे तराई भेगमा प्रचिलत बैण्ड बाजाकाे प्रचलन बढ्दै गएकाे भएतापनि हाल आएर शहरबजारमा हुने त्यस्ता कार्यक्रमहरु नेपाली माैलिक पञ्चेबाजाकाे माग बढेकाेे पाईन्छ । पञ्चेबाजामा नाच्नका लागि खासै त्यस्तो कुनै अभ्यास एवम् शिपको आवश्यकता नभएकोले जो कोही पनि यस बाजामा नृत्य गर्न सकिन्छ । नेपालकाे माैलिक संस्कृति भएको हुँदा नेपाल लगायत स‌‌न्सारभर रहेका नेपाली समुदायमा यो बाजा निकै नै लोकप्रीय रहेको पाईन्छ ।

Category

Show more

Comments - 5